Kathmandu Press

पाकिस्तान–भारत सम्बन्ध सुमधुर हुने विदेशमन्त्री जरदारीको विश्वास

पाकिस्तान–भारत सम्बन्ध सुमधुर हुने विदेशमन्त्री जरदारीको विश्वास

इस्लामाबाद, जेठ ११ : पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जरदारीले एक दिन पाकिस्तान–भारत सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरेका छन्। 

स्विट्जरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चको वार्षिक बैठकका क्रममा उहाँले भारतसँग पाकिस्तानको सम्बन्ध अगाडि नबढिरहेको स्वीकार गर्दै आफ्नो देशले भारतलाई कूटनीतिक कारणले मात्र नभई आर्थिकरूपमा पनि संलग्न गराउन सक्ने बताएका हुन्। 

Hardik ivf

'आज नभए भोलि, त्यो दिन अवश्य आउनेछ, जब हाम्रो सम्बन्ध सुमधुर बन्नेछ र हामी आफ्नो पूर्ण आर्थिक क्षमता विस्तार गरी समृद्धिको फल बाँड्नेछौं,' भारतसहितका छिमेकीसँग आर्थिक  एवं व्यापारिक अवसर खोल्न पाकिस्तानले थालेका प्रयासबारे जानकारी दिँदै विदेशमन्त्री जर्दारीले भने। 

हाल भारतसँग पाकिस्तानको सम्बन्ध स्पष्टरूपमा अगाडि नबढेको तर एक दिन अन्तरराष्ट्रिय संस्थासँगको सहयोग र समन्वयमा अन्तरराष्ट्रिय व्यवस्था सुनिश्चित गर्ने स्थितिमा पुग्ने विश्वास व्यक्त गर्दै उनले कुनै न कुनै दिने छिमेकी भारतसँग कूटनीतिक रूपमा मात्र नभई आर्थिक रूपमा पनि संलग्न हुने बताए।

प्रकाशित मिति: १७:२१ बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्