Kathmandu Press

भारतमा एकै दिन थपिए २ हजार १ सय २४ कोरोना सङ्क्रमित

नयाँ दिल्ली, जेठ ११ : भारत २४ घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातिसम्म दुई हजार १२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको...
भारतमा एकै दिन थपिए २ हजार १ सय २४ कोरोना सङ्क्रमित

नयाँ दिल्ली, जेठ ११ : भारत २४ घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातिसम्म दुई हजार १२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या ४ करोड ३१ लाख ४२ हजार १९२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ। 

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १७ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ५०७ पुगेको छ।

यस समयमा भारतमा १३० सक्रिय सङ्क्रमित संख्या बढेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १४ हजार ९७१ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ। 

चौविस घण्टाको समयावधि अर्थात् मंगलबार मध्यरातिसम्म एक हजार ९७७ कोरोना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २६ लाख २ हजार ७१४ लाई कोरोना सङ्क्रमण निको भएको छ। 

प्रकाशित मिति: १७:१२ बजे, बुधबार, जेठ ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्