Kathmandu Press

ट्युनिसियामा डुंगा डुब्दा ७० भन्दा बढी आप्रवासी बेपत्ता : तटरक्षक

काठमाडाैं, जेठ ११ : लिबियाबाट युरोप जान लागेका आप्रवासीहरूले भरिएको एउटा डुंगा छिमेकी राष्ट्र ट्युनिसियामा दुर्घटना हुँदा ७० भन्दा बढी व्यक्ति बेपत्ता भएका...
ट्युनिसियामा डुंगा डुब्दा ७० भन्दा बढी आप्रवासी बेपत्ता : तटरक्षक

काठमाडाैं, जेठ ११ : लिबियाबाट युरोप जान लागेका आप्रवासीहरूले भरिएको एउटा डुंगा छिमेकी राष्ट्र ट्युनिसियामा दुर्घटना हुँदा ७० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्।

भूमध्यसागरमा सो डुंगा डुबेर दुर्घटना भएको तटरक्षकहरुले बुधबार जानकारी दिएका छन्। ट्युनिसियाको स्फ्याक्स बन्दरगाहमा करिब १०० यात्रु बोकेको डुंगा पल्टिएको थियो।  

तटरक्षक र नौसेनाको टोलीले २४ जनालाई पानीबाट बाहिर निकालेका नेशनल गार्डका प्रवक्ता हौसेम एडिनले बताएको छ। यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको  छैन।

प्रकाशित मिति: १७:०७ बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्