Kathmandu Press

मुस्ताङमा दुई पर्यटकको शव फेला

मुस्ताङ, जेठ ११ : मुस्ताङमा दुई पर्यटकको शव फेला परेको छ। उनीहरुको मृत्यु के कारण भएको भन्ने खुल्न बाँकी छ।मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित...
मुस्ताङमा दुई पर्यटकको शव फेला

मुस्ताङ, जेठ ११ : मुस्ताङमा दुई पर्यटकको शव फेला परेको छ।

मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फास्थित कालीगण्डकी नदी दोभान र लोघेकर दामोदरकुण्ड जाने बाटोमा बुधबार दुई पर्यटकको शव भेटिएको फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

Hardik ivf

दुवै पर्यटकको पहिचान खुल्न बाँकी छ। मृतकमध्ये एक जना करिब ३८ वर्षका र अर्का करिब ६० वर्षका भारतीय नागरिक रहेको जनाइएको छ।  

शवको मुचुल्का गरी एक शवलाई मुस्ताङ जिल्ला अस्पतालको शवगृहमा ल्याएर राखिएको र दामोदरकुण्ड जाने बाटोमा भेटिएको शव ल्याउने क्रममा रहेको छ। 

उनीहरुको मृत्यु के कारणले मृत्यु भएको भन्ने खुल्न बाँकी छ।

प्रकाशित मिति: १५:०५ बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्