Kathmandu Press

तालिबानले महिला र बालिका अधिकारमा रोक लगाएको विषयमा राष्ट्रसंघकाे चासो

संयुक्त राष्ट्रसंघ, जेठ ११ : संयुक्त राष्ट्रसंघले अफगानिस्तानको तालिबान सरकारले महिला र बालिकाको अधिकारमा रोक लगाएका विषयमा चासो व्यक्त गरेको छ।संयुक्त राष्ट्रसंघीय सुरक्षा...
तालिबानले महिला र बालिका अधिकारमा रोक लगाएको विषयमा राष्ट्रसंघकाे चासो

संयुक्त राष्ट्रसंघ, जेठ ११ : संयुक्त राष्ट्रसंघले अफगानिस्तानको तालिबान सरकारले महिला र बालिकाको अधिकारमा रोक लगाएका विषयमा चासो व्यक्त गरेको छ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले यस विषयमा चासो व्यक्त गरेको समाचारमा जनाइएको छ। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले महिलाका मौलिक अधिकारका साथै उनीहरुका मानव अधिकारका विषयमा गम्भीर हुन पनि आग्रह गरेको समाचारमा जनाइएको छ।

तालिबान सरकारले लगाएका प्रतिबन्धहरुबाट महिलाहरुको शिक्षा, रोजगारीको अवसरबाट पनि उनीहरु बञ्चित हुन पुगेको भन्दै यस्ता प्रतिबन्धहरु तत्कालै हटाएर महिलाहरुलाई पनि पुरुष सरह शिक्षा तथा अन्य सांस्कृतिक अधिकारहरुमा सहभागी बन्न दिनुपर्ने बताएको छ।

केही समययता तालिबानहरुले अफगानिस्तानका महिलाले विद्यालय जान नपाउने, कहिँ घुम्न जाँदा या सार्वजनिक स्थलमा जाँदा उसको पुरुष आफन्त या अभिभावक हुनुपर्ने तथा बुर्का लगाउनुपर्ने जस्ता नीति महिलाका लागि सार्वजनिक गरेको थियो। 

प्रकाशित मिति: १४:४७ बजे, बुधबार, जेठ ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्