Kathmandu Press

भारतले चिनी निर्यातमा रोक लगायाे

काठमाडौं, जेठ ११ : भारतले चिनी निर्यातमा रोक लगाएको छ।उखुको अफसिजन भएको र भारतमै चिनीको मूल्य बढ्न थालेको भन्दै त्यसको नियन्त्रणका लागि भारत...
भारतले चिनी निर्यातमा रोक लगायाे

काठमाडौं, जेठ ११ : भारतले चिनी निर्यातमा रोक लगाएको छ।

उखुको अफसिजन भएको र भारतमै चिनीको मूल्य बढ्न थालेको भन्दै त्यसको नियन्त्रणका लागि भारत सरकारले जुन १ देखि लागु हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारत विश्वमा धेरै चिनी निर्यात गर्ने मुलुककाे दाेस्राेमा पर्छ। चिनी निर्यातमा रोक लगाउने भारतको निर्णयले स्वदेशी उत्पादनले मात्रै चिनीको माग धान्न नसक्ने नेपाललाई समेत प्रभाव पर्नेछ।

यसले नेपालमा कालोबजारी बढ्न सक्ने आकलन गरिएकाे छ।

भारतले गहुँ निर्यातमा यसअघि नै रोक लगाएको छ। गहुँ उत्पादनका लागि भारत विश्वकै दोस्रो ठुलो मुलुक मानिन्छ।

प्रकाशित मिति: १४:२९ बजे, बुधबार, जेठ ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्