Kathmandu Press

उत्तर कोरियाद्वारा तीन ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण

साेल, जेठ ११ : उत्तर कोरियाली सरकारले तीनवटा ब्यालेस्टिक क्षेप्यास्त्र हानेको दक्षिण कोरियाले बताएको छ।कोरियाले आफ्नो पूर्वी जलक्षेत्रमा तीनवटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका संयुक्त...
उत्तर कोरियाद्वारा तीन ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण

साेल, जेठ ११ : उत्तर कोरियाली सरकारले तीनवटा ब्यालेस्टिक क्षेप्यास्त्र हानेको दक्षिण कोरियाले बताएको छ।

कोरियाले आफ्नो पूर्वी जलक्षेत्रमा तीनवटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले बताएका छन्। 

जेसीएसले स्थानीयसमय अनुसार क्रमशः बिहान ६, ६ः३७ र ६ः४२ बजे  प्योङयाङको सुनान क्षेत्रबाट प्रक्षेपण पत्ता लगाएको हो। योसँगै यो वर्ष उत्तरकोरियाले १७औँ पटक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । 

दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले उत्तरकोरियाको  क्षेप्यास्त्र प्रक्षेपणपछि राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) को बैठक गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

दक्षिण कोरियाली समाचार समिति योनहापले उत्तर कोरियाबाट यी क्षेप्यास्त्रहरु प्रहार हुन सक्ने अनुमान भइरहेका बेला ती क्षेप्यास्त्र परीक्षण भएको पाइएको बताइएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको दक्षिण कोरिया र जापानमा भएको भ्रमणको एक दिनपछि उत्तर कोरियाले यो क्षेप्यास्त्र हानेको पाइएको छ।

प्रकाशित मिति: १४:१६ बजे, बुधबार, जेठ ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्