Kathmandu Press

‘मानवअधिकार संरक्षण गर्न चीन प्रतिबद्ध छ’

बेइजिङ, जेठ ११ : चीनका राष्ट्रपति सी चिनफिङले बुधबार संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेटसँग भिडियो लिङ्कमार्फत भेटवार्ता गरेका छन्।ब्याचेलेटलाई चीनमा स्वागत गर्दै...
‘मानवअधिकार संरक्षण गर्न चीन प्रतिबद्ध छ’

बेइजिङ, जेठ ११ : चीनका राष्ट्रपति सी चिनफिङले बुधबार संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेटसँग भिडियो लिङ्कमार्फत भेटवार्ता गरेका छन्।

ब्याचेलेटलाई चीनमा स्वागत गर्दै राष्ट्रपति सीले चीनको मानवअधिकारको विकाससँग सम्बन्धित प्रमुख मुद्दाहरूको बारेमा विस्तृत रूपमा व्याख्या गरे। उनले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) र चिनियाँ सरकार मानवअधिकार संरक्षण गर्न प्रतिबद्ध रहेको बताए। 

चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाकालदेखि नै चिनियाँ जनताको खुशी र चीनको पुनरुत्थानलाई केन्द्रमा राखेको उनले बताए। चिनियाँ कम्युनिष्ट पार्टीले सय वर्षभन्दा बढी समयदेखि जनताको हितमा काम गर्ने प्रयास गरेको पनि राष्ट्रपति सीले बताए।

प्रकाशित मिति: १४:११ बजे, बुधबार, जेठ ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्