Kathmandu Press

सुत्केरी भत्ता, छात्रवृत्तिसहित निःशुल्क स्वास्थ्य बिमा गरिने

काठमाडाैं, जेठ ११ : स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिने र पदभार ग्रहण गर्नेक्रम जारी छ। हुम्लाका कतिपय जनप्रतिनिधिले पदभार ग्रहण गर्दा तलबभत्ता...
सुत्केरी भत्ता, छात्रवृत्तिसहित निःशुल्क स्वास्थ्य बिमा गरिने

काठमाडाैं, जेठ ११ : स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिने र पदभार ग्रहण गर्नेक्रम जारी छ। हुम्लाका कतिपय जनप्रतिनिधिले पदभार ग्रहण गर्दा तलबभत्ता नलिने घोषणा गरेका छन्।

तलब भत्ता सामाजिक काममा लगानी गर्ने अदनचुली गाउँपालिका– ४ का वडाध्यक्ष मनर्षि पाण्डेले घोषणा गरेका छन्। सो गाउँपालिकाको पहिलो बैठकले गरिब, दुःखी, विपन्न, दलित, अपाङ्गता, शहीद, बेपत्ता, घाइते र विस्थापित परिवारका २० विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न छात्रवृति दिने निर्णय गरेको छ।

Hardik ivf

त्यसैगरी सर्केगाड गाउँपालिकाका जनप्रतिनिधिले पनि शपथसँगै पदभारग्रहण गर्दै पहिलो बैठकमा सुत्केरी प्रोत्साहन भत्तासँगै सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने निर्णय गरेको छ।

गाउँपालिकाभरिका सुत्केरी महिलालाई एक पटकका लागि एक हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको नवनिर्वाचित अध्यक्ष ठानबहादुर रोकायाले बताए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुुर रावतका अनुसार यसअघि सरकारले सुत्केरीलाई प्रोत्साहन र यातायात खर्च दिँदै आएकोमा थप प्रोत्साहन अतिरिक्त गाउँपालिकाले थप्ने पहिलो बैठकले निणर्य गरेको बताउनुभयो।

ताँजकोट गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लालकेश जैशीले पहिलो बैठकबाट मदना देव माध्यमिक विद्यालयमा सञ्चालित हिमाली आवासीय छात्रबासलाई थप फराकिलो बनाउने, शैक्षिक गुणस्तर कायम गरी शिक्षाको पहुँच भन्दा बाहिर रहेका विपन्न दलित समुदायका विद्यार्थीलाई आवासीय व्यवस्थापन गर्ने र वार्षिक २० विद्यार्थीलाई सरकारको मापदण्ड अनुसार बजेटको व्यवस्थापन गाउँपालिकाबाट गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताउनुभयो।

एक वर्षमा २० बालबालिकालाई छात्रवृत्तिको व्यवस्था गरिने भएको अध्यक्ष जैसीले बताए। सिमकोट गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विजय भण्डारी ९प्रतिरोध०ले पदभार ग्रहण गर्दै सुशासन, पारदर्शी र जवाफदेहि कार्यक्रम सञ्चालन गर्ने पहिलो बैठकमा निर्णय गरेको वडा २ का वडाअध्यक्ष देवजङ बोहराले बताए।

प्रकाशित मिति: १३:०३ बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्