टेक्सासमा कक्षाकोठामै अन्धाधुन्ध गोली प्रहार : १८ बालबालिकासहित २१ को हत्या
टेक्सास, जेठ ११ : अमेरिकी इतिहासको अर्को त्रासदीपूर्ण विद्यालय गोलीकाण्ड भएको छ।टेक्सासको एक प्राथमिक विद्यालयमा भएको आक्रमणमा १८ जना बालबालिकासहित २१ जनाको हत्या भएको...
टेक्सास, जेठ ११ : अमेरिकी इतिहासको अर्को त्रासदीपूर्ण विद्यालय गोलीकाण्ड भएको छ।
टेक्सासको एक प्राथमिक विद्यालयमा भएको आक्रमणमा १८ जना बालबालिकासहित २१ जनाको हत्या भएको छ भने कैयौ गम्भीररूपमा घाइते भएका छन्।
टेक्सास राज्यको सान एन्टोनियोबाट १३४ किलोमिटर टाढा रहेको उभाल्डे शहरको रोब प्राथमिक विद्यालयमा स्कूलमा एकजना २१ वर्षीय बन्दुकधारीले कक्षा कोठामा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा उनीहरूको मृत्यु भएको हो।
प्रहरी कारबाहीमा आक्रमणकारी पनि मारिएको जनाइएको छ। टेक्सासका गभर्नर ग्रेग एबोटले हत्यारालाई विद्यालय रहेको इलाकाका बासिन्दा साल्भाडोर रामोसको रूपमा पहिचान गरेका छन्।
यो नरसंहार सन् २०१२ को डिसेम्बरमा कनेक्टिकटको स्यान्डी हुकमा भएको डरलाग्दो हमलापछि अमेरिकी प्राथमिक विद्यालयमा भएको सबैभन्दा घातक हमला हो। स्यान्डी हुक हमलामा २० बालबालिकासहित ६ जना वयस्क मारिएका थिए।












