Kathmandu Press

प्रदेश नं १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

विराटनगर, जेठ ११ : प्रदेश नं १ को प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशन यही जेठ १६ गते सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको...
प्रदेश नं १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान
Hardik ivf

विराटनगर, जेठ ११ : प्रदेश नं १ को प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशन यही जेठ १६ गते सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसअनुसार बैठक आह्वान गरेका हुन्। 

उनले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम उक्त दिन अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशन आह्वान सम्बन्धि सूचना उल्लेख छ। 

प्रकाशित मिति: ११:२३ बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्