Kathmandu Press

तुलसीपुर उपमहानगरमा एमाले उम्मेदवार जित नजिक

तुलसीपुर, जेठ ११ : तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का मेयर र उपमेयरका उम्मेदवार जित नजिक पुगेका छन्।आज बिहानसम्मको मतगणनाअनुसार, मेयरमा टीकाराम खड्काले ३०...
तुलसीपुर उपमहानगरमा एमाले उम्मेदवार जित नजिक

तुलसीपुर, जेठ ११ : तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का मेयर र उपमेयरका उम्मेदवार जित नजिक पुगेका छन्।

आज बिहानसम्मको मतगणनाअनुसार, मेयरमा टीकाराम खड्काले ३० हजार ३५ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले २६ हजार ६६९ मत पाएका छन्।

त्यस्तै, उपमेयरमा श्यानी चौधरीले २९ हजार ३४३ मत पाएकी छन्। प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का जोगबहादुर राना मगरले २० हजार १४४ मत पाएका छन्।

तुलसीपुरमा ७४ हजार ३३६ मत खसेको थियो। अब तीन हजार १७० मत गणना गर्न बाँकी छ।

प्रकाशित मिति: ०८:२२ बजे, बुधबार, जेठ ११, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्