Kathmandu Press

विपद् व्यवस्थापन गर्न तीनै तहमा स्वयंसेवक परिचालन गरिने

काठमाडौं, जेठ ११ : मुलुकमा विपद् प्रभावितको उद्धार, आपत्कालीन वसोवास र उपचारका लागि तीनै तहमा स्वयंसेवक परिचालन गरिने भएको छ।सरकारले स्वयंसेवकमार्फत विपद् व्यवस्थापनलाई...
विपद् व्यवस्थापन गर्न तीनै तहमा स्वयंसेवक परिचालन गरिने

काठमाडौं, जेठ ११ : मुलुकमा विपद् प्रभावितको उद्धार, आपत्कालीन वसोवास र उपचारका लागि तीनै तहमा स्वयंसेवक परिचालन गरिने भएको छ।

सरकारले स्वयंसेवकमार्फत विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन स्वयंसेवक परिचालन गर्ने नीति लिएको हो। सङ्घीय संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा बेमौसमी वर्षा, बाढी, पहिरो, खडेरी, आगलागी लगायतका प्राकृतिक, मानवीय एबं जैविक प्रकोपको तत्काल सम्बोधन गर्न सक्ने गरी विपद् पूर्वतयारी, पूर्वसूचना, प्रतिकार्य, पुनः निर्माण र पुनःस्थापन व्यवस्थालाई सुदृढ बनाइने उल्लेख छ।

Hardik ivf

विपद् व्यवस्थापनका लागि सरकारले विपद् जोखिम न्यूनीकरण वित्तीय रणनीति कार्यान्वयन गर्नेछ। विपद् व्यवस्थापनसम्बन्धी

सबै प्रकारका तालिम एकीकृत रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइने पनि नीति तथा कार्यक्रममा समावेश छ।
नीति तथा कार्यक्रममा विपद् प्रतिकार्य र उद्धारमा नेपाली सेनालगायत सबै सुरक्षा निकायलाई समन्वयात्मक रुपमा परिचालन गरिने उल्लेख गरिएको छ।

प्रकाशित मिति: ०६:०३ बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्