Kathmandu Press

विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाही गर्न नेविसङ्घको माग

विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाही गर्न नेविसङ्घको माग

काठमाडाैं, जेठ १० : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले सेन्ट लरेन्स कलेजका विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाही गर्न माग गरेको छ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञप्ति जारी गरी विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने सेन्ट लरेन्स कलेजका शिक्षकलाई कारबाही गर्न माग गरेका हुन।

'कलेजमा शान्त, स्वच्छ र भयरहित वातावरणमा विद्यार्थीले पढ्न पाउने अधिकारको उक्त घटनाले हनन गरेको छ,' अध्यक्ष शेर्पाले भने। उनले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानूनबमोजिम कारबाही गर्नसमेत सरकारसँग माग गरेका छन।

नेविसङ्घले सबै विद्यालय तथा क्याम्पस प्रशासनलाई विद्यार्थीलाई भयरहित तथा शान्तिपूर्ण वातावरणमा अध्ययन गर्न पाउने वातावरणको सिर्जना गर्न अपिलसमेत गरेको छ।

प्रकाशित मिति: २०:३९ बजे, मंगलबार, जेठ १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्