Kathmandu Press

मध्य इरानमा लडाकु विमान दुर्घटना, २ पाइलटको मृत्यु

तेहरान, जेठ १० : इरानको मध्य इस्फाहान प्रान्तमा मङ्गलबार  एफ-७ लडाकु विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको तस्निम समाचार एजेन्सीले स्थानीय अधिकारीलाई...
मध्य इरानमा लडाकु विमान दुर्घटना, २ पाइलटको मृत्यु
Hardik ivf

तेहरान, जेठ १० : इरानको मध्य इस्फाहान प्रान्तमा मङ्गलबार  एफ-७ लडाकु विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको तस्निम समाचार एजेन्सीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।

एफ-७ विमान घटनाको समयमा इस्फाहानको अनारक क्षेत्रमा प्रशिक्षण अभियानमा रहेको  राजनीतिक, सुरक्षा र सामाजिक मामिलाका लागि इस्फाहानका डेपुटी गभर्नर मोहम्मद रेजा जान-नेसारीले बताएका छन्।

इरानी सेनाको उक्त विमानमा प्राविधिक समस्या देखिएको जनाइएको छ।

प्रकाशित मिति: २०:१३ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्