Kathmandu Press

गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला सरकारले बनाउने

काठमाडाैं, जेठ १० : चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सरकारले गर्ने भएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत...
गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला सरकारले बनाउने

काठमाडाैं, जेठ १० : चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सरकारले गर्ने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आवको नीति तथा कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको बाँकी कामलाई पूर्णता दिन सरकारले समन्वय र सहजीकरण गर्ने बताए।

त्यसैगरी गैँडाकोटमा बिपी कोइराला अन्तर्राष्ट्रिय खेल ग्राम निर्माण गरिने छ भने कैलालीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको विषयलाईसमेत नीति तथा कार्यक्रममा समेटिएको छ। सरकारले प्रत्येक प्रदेशमा कम्तिमा एक खेल प्रशिक्षक सुविधासहितको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्दै जाने नीति लिएको छ।
      
मुलुकका सबै स्थानीय तहमा खेल ग्राम निर्माण गर्दै लैजाने सरकारको योजना छ। राष्ट्रपति भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी निर्माणको आवश्यक प्रक्रिया अघि बढाइने उल्लेख छ। पर्वतीय खेलकुदलाई अघि बढाउनका लागि अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गरिनेछ।

प्रकाशित मिति: २०:०२ बजे, मंगलबार, जेठ १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्