Kathmandu Press

विराटनगरमा गणतन्त्र दिवस तीन दिन मनाइने

विराटनगर, जेठ १० : गणतन्त्र दिवस तीन दिन भव्य रुपमा मनाउन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्देशन दिएका छन। नियमित रुपमा बस्ने...
विराटनगरमा गणतन्त्र दिवस तीन दिन मनाइने

विराटनगर, जेठ १० : गणतन्त्र दिवस तीन दिन भव्य रुपमा मनाउन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्देशन दिएका छन। नियमित रुपमा बस्ने कार्यालय प्रमुखको बैठकमा आज उनले तीन दिन नागरिक समाज र सबै सरकारी कार्यालयमा दीप प्रज्ज्वलन गर्न र  राष्ट्रिय झण्डा फहराउन निर्देशन दिएका हुन।

गणतन्त्र दिवस राष्ट्रिय पर्व भएकाले यसमा सबै कार्यालयमा र वरपर सरसफाइ गर्न र रचनात्मक एवं सिर्जनात्मक काम गर्न पनि प्रजिअ दाहालले निर्देशन दिएका छन। सो अवसरमा प्रजिअ दाहालले भर्खरै सम्पत्र भएको स्थानीय तहको निर्वाचनमा आ–आफ्ना क्षेत्रबाट सहयोग राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सञ्चारकर्मी, राजनीतिक दललाई बधाई तथा शुभकामना दिँदै निकट सुरु हुने मनसुन र त्यसबाट उत्पत्र हुनसक्ने जोखिमलाई व्यवस्थापन गर्न कर्मचारीलाई निर्देशन दिए।

Hardik ivf

नदीनालामा भत्किन लागेको पुल र बाटा बचावटको काम गर्न सम्बन्धित कार्यालयलाई सचेत गराउँदै प्रजिअ दाहालले भने, 'सरकारले साप्ताहिक दुई दिनको बिदा दिँदा कर्मचारीले समयमा कार्यालय आउन र पूरा सयम बिताएर कार्यालय छाड्नुपर्छ।'

कार्यालयमा समयमै कर्मचारी नआउने र छिट्टै जाने प्रवृतिका विषयमा जनगुनासो सुत्रु नपरोस् प्रजिअ दाहालले भन्दै बिदाको दिन सरकारी सवारी साधन नचलाउन उर्दी जारी गरे। उनले इन्धनको मूल्य अभिवृद्धि भइरहेको अवस्थामा सरकारले इन्धन कम खपत गराउन सरकारले लागू गरेको यो नियम पालना गर्न कर्मचारीलाई आग्रह गर्दै उनले भने, 'सरकारी स्वामित्वमा रहेको चल अचल सम्पति पनि सुरक्षामा ध्यान दिनु होला।'

प्रकाशित मिति: १९:१४ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्