Kathmandu Press

रोल्पामा अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु तीन घाइते

रोल्पामा अटोरिक्सा दुर्घटना हुँदा एकको मृत्यु तीन घाइते

राेल्पा, जेठ १० : रोल्पा नगरपालिका–२ सिमलवाङमा भएको अटोरिक्सा दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। सदरमुकाम लिवाङवाट माडीचौरतर्फ जाँदै गरेको रा१ ह ४३४७ नम्बरको सो अटोरिक्सा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुर्घटनामा परी अटो चालक रोल्पा–२ का २९ वर्षीय महेश कँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी तीन जना घाइते भएका छन्।

घाइते रोल्पा–७ माडीचौरका ५३ वर्षीय दलबहादुर पुनको बायाँ हात र निधारमा चोट लागेको छ। यसैगरी सोही ठाउँ बस्ने ५२ वर्षीय जानसिंह पुनको टाउको र मुखमा चोट लागेको छ। सोही ठाउँ बस्ने ४७ वर्षीय सहवीर खत्रीको दाहिने आँखामाथि चोट लागेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएकालाई उपचारका लागि रोल्पा अस्पतालमा पठाइएको प्रहरीले बताएको छ।

प्रकाशित मिति: १८:३६ बजे, मंगलबार, जेठ १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्