Kathmandu Press

निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय

काठमाडाैं, जेठ १० : स्थानीय तह सदस्य निर्वाचनका सम्बन्धमा जारी भएको निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय भएको निर्वाचन आयोगले जनाएको छ।निर्वाचनलाई स्वच्छ, भयरहित र...
निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय

काठमाडाैं, जेठ १० : स्थानीय तह सदस्य निर्वाचनका सम्बन्धमा जारी भएको निर्वाचन आचारसंहिता आजदेखि निष्क्रिय भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गराउन आयोगले गत चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको थियो। स्थानीय निर्वाचन गत वैशाख ३० गते देशभर एकैचरणमा सम्पन्न भएको छ। अधिकांश स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भई निर्वाचितले काम थालनी गरिसकेका छन्। बाह्र पालिकाको मतगणना पनि अन्तिम चरणमा पुगेको छ।

प्रकाशित मिति: १८:२१ बजे, मंगलबार, जेठ १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्