Kathmandu Press

मूल्यवृद्धि फिर्ता लिन नेपाल किसान महासङ्घकाे माग

काठमाडाैं, जेठ १० : अखिल नेपाल किसान महासङ्घले सरकारले हालै गरेको पेट्रोलियम पदार्थमा बृद्धि भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।...
मूल्यवृद्धि फिर्ता लिन नेपाल किसान महासङ्घकाे माग

काठमाडाैं, जेठ १० : अखिल नेपाल किसान महासङ्घले सरकारले हालै गरेको पेट्रोलियम पदार्थमा बृद्धि भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। महासङ्घका अध्यक्ष बलराम बास्कोटाले एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले जनताको महँगीको मारमा पर्नुका साथै दैनिक जीवनमा नकारात्मक असर पार्ने बताएका छन।

उपभोग्य वस्तुमा भएको मूल्यवृद्धिले बहुसङ्ख्यक किसान तथा आम जनसमुदायको दैनिकी चलाउनसमेत धौधौ पर्ने अवस्था आएकोप्रति संवेदनशील हुन आग्रह गरिएको विज्ञप्तिमा सरकारलाई पेट्रोलियम पदार्थमा लिएको करको भारलाई कम गर्न तथा तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्तालिई आम नागरिकको दैनिक जीवनयापन सहज बनाउन माग गरिएको छ।

महँगीको मारमा परेका जनतामाथि पेट्रोलमा प्रतिलिटर ६३ रूपैयाँ, खाना पकाउने ग्यासमा ३२७ रूपैयाँ, तथा अन्य वस्तुमा ठूलो मात्रामा कर उठाएकाले सरकार जनताप्रति उत्तरदायी र जवाफदेही हुन विज्ञप्तिमा ध्यानाकर्षण गरिएको छ।

कोरोनाले थलिएका जनता मुद्रास्फिति, चर्काे ब्याजदार, खानेतेललगायत खाद्य वस्तुको चरम मूल्यवृद्धि, तरलता अभावका कारण लगानीका क्षेत्र सङ्कुचन हुँदै जानु, उत्पादनमा ह्रास आदिका कारण आर्थिक सङ्कट उत्पन्न भएको उल्लेख गरिएको विज्ञप्तिमा जनतालाई राहत दिने कार्यक्रम ल्याउन सुझाइएको छ।

प्रकाशित मिति: १८:१९ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्