Kathmandu Press

‘सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श विश्वविद्यालयबाट लिइने’

काठमाडौं, जेठ १० : सरकारले सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालयबाटै लिने भएको छ।मंगलबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा...
‘सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श विश्वविद्यालयबाट लिइने’

काठमाडौं, जेठ १० : सरकारले सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालयबाटै लिने भएको छ।

मंगलबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालयलाई सरकारको विज्ञ परामर्श संस्थाका रूपमा स्वीकार गरेर अनुसन्धानमा गरेको योगदानका आधारमा अनुदान दिने घोषणा गरेकी छन्।

विश्वविद्यालयको पठ्यक्रमलाई अनुसन्धानमूलक बनाइने, विश्वविद्यालयको शिक्षण गुणस्तर र अनुसन्धानमा गरेको योगदानका आधारमा विश्वविद्यालयको अनुदान निर्धारण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

उनले विश्वविद्यालयलाई ‘सेन्टर अफ एक्सलेन्ट’ का रूपमा विकास गरिने बताइन्।

सरकारले विदेशी विद्यार्थीलाई आकर्षिक गर्ने नीति लिँदै मेडिकल कलेजको संख्या बढाउने घोषणा पनि गरेको छ। 

बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सम्बोधन गरिरहेकी छन्।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका थिए।

सरकारले नीति तथा कार्यक्रमअनुसार नै आगामी आर्थिक वर्षका लागि यही जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ। 

प्रकाशित मिति: १८:०७ बजे, मंगलबार, जेठ १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्