Kathmandu Press

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम परिमार्जन, दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम परिमार्जन, दिवा खाजा कार्यक्रम कक्षा ८ सम्म 

काठमाडौं, जेठ १० : सरकारले आगामी आर्थिक वर्ष बजेटमार्फत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी शैक्षिक गुणास्तर वृद्धि, भौतिक पूर्वाधार विकास र अतिरिक्त क्रियाकल सञ्चाचालन गर्ने घोषाण गरेकी हुन्। 

सरकारले दिवा खाजा कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गर्ने घोषणा पनि गरेको छ।

सरकारले पढाइ र रोजगारीलाई जोड्ने गरी ‘पढ्दै पढाउँदै कार्यक्रम’लाई थप विस्तार गर्ने जनाएको छ।

सरकारले माध्यमिक तहका सामुदायिक विद्यालयहरूमा स्वास्थ्य परिचालिकाको व्यवस्था गर्ने भएको छ।

बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सम्बोधन गरिरहेकी छन्। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका थिए।

सरकारले नीति तथा कार्यक्रमअनुसार नै आगामी आर्थिक वर्षका लागि यही जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ। 

प्रकाशित मिति: १७:५८ बजे, मंगलबार, जेठ १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्