उत्पादनमूलक र निर्यातमूलक उद्योगलाई सस्तोमा बिजुली

काठमाडौं, जेठ १० : सरकारले उत्पादनमूलक र निर्यातमूलक उद्योगलाई सस्तोमा बिजुली दिने भएको छ।
मंगलबार संसदमा आगामी आर्थिक वर्षका लागि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले औसत बाह्य ऊर्जा व्यापार दरभन्दा बढी नहुने गरी विद्युतमा सहुलियत उपलब्ध गराउने घोषणा गरेकी हुन्।
प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा भारतमा बिजुली बेच्दा प्राप्त हुने औसत दरभन्दा कम महसुल दरमा उद्योगलाई नेपालमै बिजुली उपलब्ध गराउने पनि उल्लेख छ।
राष्ट्रपति भण्डारीले उत्पादनमूलक उद्योगलाई प्रदान गरिने विद्युत् महसुलमा बाह्य उर्जा व्यापार दरभन्दा कम महसुल लगाउने घोषणा गरेकी हुन् ।
प्रकाशित मिति: १७:४१ बजे, मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











