Kathmandu Press

पूर्व–पश्चिम राजमार्गलाई ४ लेनको बनाइने, काठमाडौं–निजगढ द्रूतमार्ग तोकिएकै समयमा सम्पन्न गरिने

काठमाडौं, जेठ १० : आगमी ५ वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई ४ लेनको बताइने भएको छ। सरकारले आव २०७९÷८० नीति तथा कार्यक्रम मार्फत् आगामी ५...
पूर्व–पश्चिम राजमार्गलाई ४ लेनको बनाइने, काठमाडौं–निजगढ द्रूतमार्ग तोकिएकै समयमा सम्पन्न गरिने

काठमाडौं, जेठ १० : आगमी ५ वर्षभित्र पूर्व–पश्चिम राजमार्गलाई ४ लेनको बताइने भएको छ। सरकारले आव २०७९÷८० नीति तथा कार्यक्रम मार्फत् आगामी ५ वर्षभित्रमा पूर्व–पश्चिम राजमार्गलाई ४ लेनको बनाउँर्द एसियन हाइवेका रुपमा स्तरोन्नति गरिने उल्लेख गरेको छ।

सडक पुर्वाधार निमार्ण तथा स्तरोन्नतिअन्तर्गत सरकारले सडक निर्माणलाई प्राथमिकतामा राखिएको जनाएको छ। बुटवल–नारायणगढ, कमला–कञ्चनपुरका खण्डको निर्माण कार्यलाई तीव्र बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै, काँकडभिट्टा, लौकही, पथलैया कमला तथा पथलैया–नारायणगढ सडक खण्डको निर्माण कार्य सुरु गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

यसैगरी सरकारले काठमाडौं– निजगढ द्रुतमार्ग तोकिएै समयमा निर्माण सम्पन्न गर्ने उल्लेख गरेको छ। त्यसका लागि निर्माण कार्यक्रमलाई तीव्रता दिइने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन्।

त्यस्तै, राष्ट्रिय राजमार्गअन्तर्गत तराई–मधेसका जिल्लासँग जोडने सडकलाई चार लेनमा स्तरोन्नति गरिने,  सप्तरी हुँदै उदयपुरको गाइघाटसम्मको सडक निर्माणलाई विशेष प्राथमिकतामा राखिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित मिति: १७:३६ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्