तारकेश्वरमा नगरकार्यपालिका सदस्यको निर्वाचन
काठमाडौं, जेठ १० : काठमाडौंको तारकेश्वर नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ।तारकेश्वरमा स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै सोमबार नगरकार्यपालिकाको निर्वाचन सम्पन्न भएको हो।तारकेश्वर...
काठमाडौं, जेठ १० : काठमाडौंको तारकेश्वर नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ।
तारकेश्वरमा स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै सोमबार नगरकार्यपालिकाको निर्वाचन सम्पन्न भएको हो।
तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले नगरकार्यपालिका सदस्यको भेलाले पाँच महिला र तीन दलित तथा अल्पसङ्ख्यक सदस्य गरी आठ सदस्य सर्वसम्मत चयन गरिएको जानकारी दिए।
उनका अनुसार नगर कार्यपालिका सदस्यमा अञ्जु बस्नेत, अप्सरा खड्का, अशोक मगराती, गीता परियार, निर्मला मिजार, शान्ता थपलिया र सुन्तली परियार सर्वसम्मत चयन भएकका छन्।
नवनिर्वाचित कार्यपालिका सदस्यलाई निर्वाचन अधिकृत पोखरेलले प्रमाणपत्र समेत हस्तान्तरण गरे।
अन्तिम मतपरिणाम आएको तीन दिनभित्र कार्यपालिकाको निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने र १५ दिनभित्र निर्वाचन सम्पन्न गरिसक्ने गाउँ तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशिका–२०७८ मा व्यवस्था रहेको छ।
वैशाख ३० गते सम्पन्न निर्वाचनमा तारकेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जन र उपप्रमुखमा पनि कांग्रेसकै उम्मेदवार सिर्जना बुर्लाकोटी निर्वाचित भएका थिए।
यस्तै, अधिकांश वडामा पनि कांग्रेसले नै विजय हासिल गरेको छ। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको तारकेश्वरमा ११ वडा रहेका छन्।











