Kathmandu Press

कलैया पचरौता प्रमुख र उपप्रमुखमा एमाले विजयी

कलैया, जेठ १० : पचरौता नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन्।उक्त दलका जलनदर सिंहले चार हजार ७३३ मत ल्याई  निर्वाचित...
कलैया पचरौता प्रमुख र उपप्रमुखमा एमाले विजयी

कलैया, जेठ १० : पचरौता नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन्।

उक्त दलका जलनदर सिंहले चार हजार ७३३ मत ल्याई  निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रमेश यादवले चार हजार ४६१ मत प्राप्त गरे। 

Hardik ivf

उपप्रमुखमा पनि एमालेकै नसिमा खातुनले चार हजार ५३८ मत ल्याई निवार्चित भए। उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) कै  सगुफा खातुन चार हजार १६३ मतमा सीमित भइन्।

२०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी पार्टीकातर्फबाट रमेशकुमार यादव प्रमुखामा  र इन्दुदेवी यादव उपप्रमुखमा निर्वाचित भएको थिए। 

प्रकाशित मिति: १४:०० बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्