Kathmandu Press

चिनियाँ विदेशमन्त्री र राष्ट्रसंघीय मानवअधिकारसम्बन्धी उच्चायुक्तबीच भेटवार्ता

ग्वान्जाउ, जेठ १० : चिनियाँ विदेशमन्त्री वाङ यी र संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्च आयुक्तबीच चीनमा भेटवार्ता भएको छ।संयुक्त राष्ट्रसंघीय मानव अधिकारसमबन्धी उच्च आयुक्त...
चिनियाँ विदेशमन्त्री र राष्ट्रसंघीय मानवअधिकारसम्बन्धी उच्चायुक्तबीच भेटवार्ता

ग्वान्जाउ, जेठ १० : चिनियाँ विदेशमन्त्री वाङ यी र संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी उच्च आयुक्तबीच चीनमा भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकारसमबन्धी उच्च आयुक्त माइकल बेचलेट हाल चीनमा छन्। चीन पुगेका उनी र चिनियाँ विदेशमन्त्री वाङका बीचमा ग्वान्जाउमा भेटवार्ता भएकाे थियाे।

सो भेटमा आफूले संयुक्त राष्ट्रसंघीय मानव अधिकार सम्बन्धी उच्च आयुक्तलाई १७ वर्षपछि पहिलो पटक भेट गरेको जानकारी विदेश मन्त्री यीले दिनुभएको थियो।

विदेशमन्त्री यीले संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको यो भ्रमण चीन र संयुक्त राष्ट्रसंघका बीचमा महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरेका थिए।

यस भ्रमणबाट चीन र संयुक्त राष्ट्रसंघका बीचको आपसी समझ्दारीको विकासमा थप सहयोग पुग्ने चिनियाँ विदेशमन्त्री यीले बताएका छन्।

प्रकाशित मिति: १३:३४ बजे, मंगलबार, जेठ १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्