Kathmandu Press

क्यानाडामा आँधीबाट १० जनाको मृत्यु

ओटावा, जेठ १० : क्यानाडामा आँधीबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ।क्यानाडाको ओन्टरियो र क्वेबेकमा आँधी आएको बताइएको थियो। सो आँधीबाट आइतबार...
क्यानाडामा आँधीबाट १० जनाको मृत्यु

ओटावा, जेठ १० : क्यानाडामा आँधीबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ।

क्यानाडाको ओन्टरियो र क्वेबेकमा आँधी आएको बताइएको थियो। सो आँधीबाट आइतबार र सोमबार १० जनाको ज्यान गएको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

यहाँ प्रतिघन्टा १२० किलोमीटरको गतिमा आँधी आएको थियो। त्यस आँधीमा परेर यहाँका भौतिक संरचनाहरु पनि भत्किएका छन्।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार आँधीमा परेर दशौँ हजार मानिस विद्युतविहीन भएर बसेका छन्।

क्यानाडाको धेरै जनसंख्या भएको शहर मानिने ओन्टोरियोमा आँधीले रुखहरु ढालेको छ भने यहाँको विद्युत आपूर्तिमा पनि क्षति पुर्‍याएको बताइएको छ।

ओन्टोरियाको विद्युतीय आपूर्ति बन्द हुँदा यहाँका कम्तीमा पनि ३ लाख ८० हजार जति नागरिक अँध्यारोमा परेका बताइएको छ।

आँधीका कारण यहाँको जनजीवन नराम्ररी प्रभावित भएको बताइएको छ। यहाँ सन् १९९८ पछि यो पहिलो पटक आँधीले यति धेरै असर पारेको बताइएको छ।

प्रकाशित मिति: १३:२२ बजे, मंगलबार, जेठ १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्