Kathmandu Press

निःशुल्क बिजुली उपलब्ध गराउने घोषणा

ताप्लेजुङ, जेठ १० : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिपेन पोमूले पालिकाभरिका नागरिकलाई विद्युत् महसुल छुट गर्ने घोषणा गरेका छन्।सोमबार पदभार ग्रहण...
निःशुल्क बिजुली उपलब्ध गराउने घोषणा

ताप्लेजुङ, जेठ १० : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिपेन पोमूले पालिकाभरिका नागरिकलाई विद्युत् महसुल छुट गर्ने घोषणा गरेका छन्।

सोमबार पदभार ग्रहण गर्दे उनले आगामी आर्थिक वर्षदेखि लागु हुने गरी नागरिकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेका हुन्। 

Hardik ivf

गाउँपालिकाभित्रका नागरिकले सामान्य बिजुलीको बिल तिर्न जिल्ला सदरमुकाम फुङ्लिङ आउनुपर्ने बाध्यता रहेको भन्दै त्यसबाट छुटकारा दिलाउन यस्तो निर्णय गरेको पोमुले बताए।

यस्तै विद्युतीकरण हुन बाँकी रहेको गाउँमा पनि छिट्टै विद्युत् विस्तार गर्ने उनले जानकारी दिए। 

'गाउँपालिकाभित्रका नागरिकले न्यूनतम विद्युत् महसुल तिर्न पनि सदरमुकाम पुग्नुपर्ने बाध्यता छ, अब सरकारी कार्यालय, उद्योग र संघसंस्थाबाहेकको विद्युत् महसुल छुट हुनेछ,' उनले भने। करिब २ हजार २ सय घरधुरी रहेको यस गाउँपालिकालाई उज्यालो पालिका बनाउने उनले योजना रहेको बताए। 

उनले यही आर्थिक वर्षभित्रै प्राविधिक अध्ययन गरी आगामी आवबाट लागू हुनेगरी पालिकाभरिका नागरिकलाई विद्युत् महसुल छुट दिने पहिलो निर्णय गरेका हुन्।

प्रकाशित मिति: १३:०२ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्