तनहुँमा दलित समुदायबाट दुई उपप्रमुख
तनहुँ, जेठ १० : गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दलित समुदायबाट तनहुँमा २ जना उपप्रमुखमा निर्वाचित भएका छन्। तनहुँका शुक्लागण्डकी...
तनहुँ, जेठ १० : गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दलित समुदायबाट तनहुँमा २ जना उपप्रमुखमा निर्वाचित भएका छन्। तनहुँका शुक्लागण्डकी र भानु नगरपालिकाको उपप्रमुख दलित समुदायका व्यक्ति विजयी भएका हुन्।
जिल्लाको १० पालिकामध्ये शुक्लागण्डकीमा खुमबहादुर विक र भानुमा उमा गोतमे उपप्रमुखमा निर्वाचित भएका हुन्। विक माओवादी केन्द्र र गोतमे नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्।
यसैबीच जिल्लामा मतगणना सम्पन्न भइसके पनि अझै चार पालिकाले सम्बन्धित निकायमा मतपत्र बुझाएका छैनन् । देवघाट, घिरिङ, शुक्लागण्डकी र व्यास नगरपालिको मतपत्र नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
प्रकाशित मिति: ११:३९ बजे, मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











