Kathmandu Press

मेचीनगरमा एमाले उम्मेदवार निर्वाचित

झापा, जेठ १० : मेचीनगर नगरपालिकाको मेयरमा नेकपा (एमाले) का गोपालचन्द्र बुढाथोकी निर्वाचित भएका छन्।उनले २६ हजार ४७८ मत पाएका छन् भने प्रतिस्पर्धी...
मेचीनगरमा एमाले उम्मेदवार निर्वाचित

झापा, जेठ १० : मेचीनगर नगरपालिकाको मेयरमा नेकपा (एमाले) का गोपालचन्द्र बुढाथोकी निर्वाचित भएका छन्।

उनले २६ हजार ४७८ मत पाएका छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत पाएका छन्र

त्यस्तै, उपमेयरमा एमालेकै मीना उप्रेती २१ हजार ५९० मत पाएर निर्वाचित भएकी छन्। उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८१८ मत पाएका छन्।

नगरका ११ वडामध्ये १, २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३ का वडाध्यक्षमा एमाले विजयी बनेको छ भने वडा नं ६, ८ र १५ मा कांग्रेस र वडा नं १४ मा माओवादी केन्द्र विजयी बनेको छ।

प्रकाशित मिति: ०७:४९ बजे, मंगलबार, जेठ १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्