Kathmandu Press

नेपालमा औद्योगिकग्राम निर्माण गर्न मलेसियालाई आग्रह

काठमाडौं, जेठ १० : नेपाल चेम्बर अफ कमर्शले नेपालमा औद्योगिकग्राम स्थापना गर्न मलेसियासँग आग्रह गरेको छ।चेम्बरका प्रतिनिधिले नेपालका लागि मलेसियाका चार्ज डी अफेयर्स...
नेपालमा औद्योगिकग्राम निर्माण गर्न मलेसियालाई आग्रह

काठमाडौं, जेठ १० : नेपाल चेम्बर अफ कमर्शले नेपालमा औद्योगिकग्राम स्थापना गर्न मलेसियासँग आग्रह गरेको छ।

चेम्बरका प्रतिनिधिले नेपालका लागि मलेसियाका चार्ज डी अफेयर्स मोद फजले विन अवु हसनसँगको भेटमा पर्यटन, सूचना प्रविधि तथा उत्पादनमा एकीकृत लगानीको अवधारणाअन्तर्गत औद्योगिकग्राम निर्माणका लागि सहयोग गर्न मलेसियालाई आग्रह गरेका हुन्।

भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले नेपाल र मेलेसियाबीच लगानी सम्बन्धमा सरकारी तवरमै उच्चस्तरीय सहकार्य हुनुपर्नेमा जोडदिए। नेपालमा मलेसियाको लगानी सुनिश्चितताका लागि आफूहरूले पहल गर्ने उनको भनाइ थियो।

मलेसियाका चार्ज डी अफेयर्स हसनले लगानीका लागि आफूहरू तयार रहे पनि प्रतिफलको सुनिश्चिततासम्बन्धी कानून स्पष्ट हुन नसकेको बताए।

'मलेसियाले सूचना प्रविधिको क्षेत्रमा पछिल्लो समय दक्षिण एसियाली राष्ट्रमा लगानी बढाइरहेको छ, हामीलाई नेपालमा पनि लगानी गर्न कुनै समस्या छैन। तर प्रतिफलसम्बन्धी नीतिगत व्यवस्थामा स्पष्ट हुनसकेका छैनौँ,' उनले भने।

जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा नेपालमा लगानी गर्न मलेसिया तयार रहेको उनको भनाइ थियो।

प्रकाशित मिति: ०७:०५ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्