६० वर्ष माथिका नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गराउने बेथानचोक गाउँपालिका अध्यक्षको घोषणा
काठमाडौं, जेठ ९ : बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले गाउँपालिकाभित्र शिक्षा र स्वास्थमा महत्त्वपूर्ण कार्यक्रम घोषणा गरेका छन् । अध्यक्षमा निर्वाचित भएसँगै अधिकारीले पदभार...
काठमाडौं, जेठ ९ : बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले गाउँपालिकाभित्र शिक्षा र स्वास्थमा महत्त्वपूर्ण कार्यक्रम घोषणा गरेका छन् ।
पदभार ग्रहण गर्दै अध्यक्ष अधिकारीले आवश्यक कानुन एवं कार्यविधी निर्माण गरि बेथानचोक गाउँपालिकामा रहेका सम्मानित ६० वर्षमाथि उमेर भएका ज्येष्ठ नागरिकहरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमको शुभारम्भ गरिने बताए ।
यस्तै बेथानचोक गापाको सडक बार्षिक कम्तीमा ५ किमिका दरले सडक कालोपत्रे गर्ने, एमबिबिएस, इञ्जिनियरिङ अन्य प्राविधिक क्षेत्रमा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीलाई २५५ र सर्वोत्कृष्ट विद्यार्थीलाई सतप्रतिशत सम्मको छात्रवृत्तिको व्यवस्था गरिने पनि उनले बताए ।
प्रकाशित मिति: २१:०९ बजे, सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











