Kathmandu Press

बलात्कार मामिलामा हदम्याद हटाउन क्रान्तिकारीको माग

काठमाडाैं, जेठ ९ : नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले बलात्कार मुद्दामा हदम्याद खारेज गर्न माग गर्दै आज कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द...
बलात्कार मामिलामा हदम्याद हटाउन क्रान्तिकारीको माग

काठमाडाैं, जेठ ९ : नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले बलात्कार मुद्दामा हदम्याद खारेज गर्न माग गर्दै आज कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइरालालाई ज्ञापनपत्र बुझाएको छ।

एक सुन्दरी प्रतियोगितको आयोजकले एक युवतीलाई लगातार यौनहिंसा गरेको घटना सार्वजनिक भएपछि बलात्कार जस्ता जघन्य घटनामा हदम्याद हटाउनुपर्ने माग क्रान्तिकारीले राखेको हो। 

Hardik ivf

'कानुनमा संशोधन गरेर हदम्याद हटाउन माग गर्दै ‘मुलुकी ऐन, २०२० मा भएको व्यवस्था हेर्ने हो भने जबरजस्तीकरणीको उजुरी गर्न ३५ दिनको मात्र म्याद दिइएको थियो,' ज्ञापनपत्रमा उल्लेख छ।

नयाँ संविधान जारी भएपछि विभिन्न कानुनमा रहेका लैंगिक असमानता हटाउन ल्याइएको एनले जबरजस्ती करणी उजुरीको हदम्याद एक वर्ष बनाइएको छ। 

क्रान्तिकारीले यो तथ्यका आधारमा कानुन आवश्यकता अनुसार संशोधन हुँदै जान्छ भन्ने पुष्टि गरेको ज्ञापनपत्रमा उल्लेख छ। क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहका अनुसार जबरजस्ती करणी जस्तो संवेदनशील, जघन्य महिला विरुद्धको अपराधमा संकुचित हदम्यादका कारण पीडितले न्यायबाट वञ्चित हुनुपरेको र पीडकको मनोबल वृद्धि हुने अवस्था देखिँदा तुरुन्त हदम्याद खारेजीका लागि कानुन संशोधन गर्न जोडदाररुपमा माग गरिएको छ।  

बलात्कार घटनासँग सम्बन्धित पीडित तथा पीडित परिवारमा पर्न सक्ने दबाब र प्रभावलाई मध्यनजर गर्दै पीडितको सुरक्षाको उचित व्यवस्थापन गर्न माग गरिएको अध्यक्ष सिंहले बताए। 

प्रकाशित मिति: १८:०१ बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्