Kathmandu Press

द्वन्द्वका कारण विश्वभरि १० करोड मानिस विस्थापित : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ, जेठ ९ : द्वन्द्वका कारण विश्वभरि कम्तीमा १० करोड मानिस विस्थापित भएका छन्।संयुक्त राष्ट्रसंघले सोमबार सार्वजनिक गरेको विवरणमा जवरजस्ती यति धेरै मानिस...
द्वन्द्वका कारण विश्वभरि १० करोड मानिस विस्थापित : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ, जेठ ९ : द्वन्द्वका कारण विश्वभरि कम्तीमा १० करोड मानिस विस्थापित भएका छन्।

संयुक्त राष्ट्रसंघले सोमबार सार्वजनिक गरेको विवरणमा जवरजस्ती यति धेरै मानिस विस्थापित भएको यो दुर्लभ घटना भएको उल्लेख गरिएको छ।

विस्थापित भएकाहरुहरु माथि मानवअधिकारको उलङ्घन, हिंसात्मक घटना र द्वन्द्वको असर परेको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन्। विस्थापितमध्ये सबैभन्दा धेरै युक्रेनमाथि रुसले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वका कारण विस्थापित भएका छन्।
 
त्यस बाहेक अफगानिस्तान, बुर्किना फासो, लोकतान्त्रीक गणतन्त्र कङ्गो, इथियोपिया, म्यानमार, नाइजेरियालगायतका देशमा भएका द्वन्द्वले पनि धेरै मानिस विस्थापित भएका छन्।

युक्रेनले आफ्नो भूभाग त्यागेर रुससँग कुनै युद्धविराम सम्झौता नगर्ने जनाएको छ। राष्ट्रपतिका एकजना सल्लाहकारले युक्रेनको भूभाग छोड्नु पर्ने गरी युद्धविराम गर्ने प्रयासले अझ ठूलो र रक्तपातपूर्ण हुने चेतावनी दिनु भएको हो।

यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्सीले कूटनीतिबाट मात्र अहिलेको युद्ध सुल्झाउन सकिने अभिव्यक्ति दिएका थिए।

प्रकाशित मिति: १७:२९ बजे, सोमबार, जेठ ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्