Kathmandu Press

श्रीलंकामा थप ८ मन्त्रीद्वारा शपथग्रहण

काेलम्बाे, जेठ ९ : श्रीलंकामा गठित नयाँ सरकारमा आठ मन्त्री थप गरिएको छ।उनीहरुलाई सोमबार राष्ट्रपति गोटावाय राजापाक्षसमक्ष सपथ खुवाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।...
श्रीलंकामा थप ८ मन्त्रीद्वारा शपथग्रहण

काेलम्बाे, जेठ ९ : श्रीलंकामा गठित नयाँ सरकारमा आठ मन्त्री थप गरिएको छ।

उनीहरुलाई सोमबार राष्ट्रपति गोटावाय राजापाक्षसमक्ष सपथ खुवाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। देशमा उत्पन्न आर्थिक तथा राजनीतिक सङ्कट समाधान गर्ने भन्दै अघिल्लो हप्ता नयाँ सरकार गठन गरिएको थियो।

त्यही सरकार विस्तार गर्ने क्रममा सोमबार ८ मन्त्री थपिएका हुन। राष्ट्रपति राजापाक्षले अघिल्लो हप्ता रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। 

देशमा उत्पन्न आर्थिक तथा राजनीतिक सङ्कटको मुख्य कारण तत्कालीन सरकार भएकाले विघटन गर्नु पर्ने माग गर्दै आन्दोलन भइरहेको थियो।

लगातारको आन्दोलनका कारण तत्कालिन प्रधानमन्त्री महेन्दा राजापाक्षले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि विक्रमासिङ्घेलाई नियुक्त गरिएको हो। 

नयाँ प्रधानमन्त्री विक्रमासिङ्घेले सरोकारवालाहरुसँग सहकार्य गर्ने, छलफल गर्नेलगायतका क्रियाकलाप मार्फत आर्थिक सङ्कट समाधानका उपायहरु अपनाउन थालेका छन्।

उनको मन्त्रीपरिषद्मा मत्स्यपालन मन्त्री दौग्लास देवानन्द, जल तथा आपूर्ति मन्त्री केहेलीया रामाबुक्वेला, कृषि मन्त्री महिन्दा अमारावीरा र उद्योगमन्त्री रमेश पथिरानालाई बनाइएको छ। 

प्रकाशित मिति: १७:२१ बजे, सोमबार, जेठ ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्