Kathmandu Press

थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ ९ : नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार २ सय ३३ पिसिआर परिक्षणका क्रममा ८...
थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ ९ : नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार २ सय ३३ पिसिआर परिक्षणका क्रममा ८ जना र ५ सय ३५ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन।

त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ९१ जना निको भएका छन्।

हाल नेपालमा १ सय ३३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:४९ बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्