Kathmandu Press

बुद्ध दर्शन र संस्कृति संसारमै लोकप्रिय छ : मन्त्री पौडेल

बुद्ध दर्शन र संस्कृति संसारमै लोकप्रिय छ : मन्त्री पौडेल

काठमाडाैं, जेठ ९ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गौतमबुद्धका उपदेश विश्वमै लोकप्रिय भएको बताएका छन्। 

शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित बुद्धको २५६६औँ जन्मजयन्तीका अवसरमा उनले गौतम बुद्धले नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएको उल्लेख गर्दै बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको बताएका हुन्।  

Hardik ivf

मन्त्री पौडेलले बुद्ध विचारले अहिंसा, सद्भाव, मानवकल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले उनका विचार विश्वभर नै धेरै लोकप्रिय हुन सकेको बताए। 

'बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका राजनेता र दार्शनिकलाई हार्दिक आग्रह गर्दछु,' मन्त्री पौडेलले भने, 'शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगत्को कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गरेको बोधि ज्ञान आजसम्म पनि उत्तिकै शास्वत रहेको छ।' उनले नेपालीले गर्व गर्ने महत्वपूर्ण विषय भनेको गौतम बुद्ध नेपालमा जन्मेको उल्लेख गरे। 

'गौतम बुद्धले मानवकल्याण र शान्तिका लागि ठूलो योगदान दिनुभएका छ,' मन्त्री पौडेलले भने, 'उनप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौं, उनको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सके अवश्य पनि शान्ति र कल्याण प्राप्त हुन्छ।' उनले हजारौँ हजार वर्षसम्म गौतम बुद्धका उपदेश जीवित रहने बताए। 

प्रकाशित मिति: १५:४८ बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्