Kathmandu Press

बाख्रा चराउन गएकी किशोरी मृत फेला

ताप्लेजुङ, जेठ ९ : ताप्लेजुङकमा बाख्रा चराउन जङ्गल गएकी किशोरी आज मृत भेटिएकी छन्।फुङलिङ नगरपालिका–३ सिम्लेकी १७ वर्षीया शर्मिला भट्टराई मृत भेटिएको जिल्ला...
बाख्रा चराउन गएकी किशोरी मृत फेला

ताप्लेजुङ, जेठ ९ : ताप्लेजुङकमा बाख्रा चराउन जङ्गल गएकी किशोरी आज मृत भेटिएकी छन्।

फुङलिङ नगरपालिका–३ सिम्लेकी १७ वर्षीया शर्मिला भट्टराई मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ। आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी साँझसम्म नफर्किएपछि परिवारका सदस्य खोजीमा निस्किएका थिए।

बाख्रा बाटोमा भेटेपछि सशङ्कित उनीहरुले खोजी गर्ने क्रममा मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयवासीले जनाएका छन्। थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १४:४९ बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्