Kathmandu Press

रम्भा गाउँपालिकामा एमाले निर्वाचित

पाल्पा, जेठ ९ : पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारी निर्वाचित भएका छन्।उनले पाँच हजार ५८३ मत पाए। उनी दोस्रो...
रम्भा गाउँपालिकामा एमाले निर्वाचित

पाल्पा, जेठ ९ : पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का विष्णुप्रसाद भण्डारी निर्वाचित भएका छन्।

उनले पाँच हजार ५८३ मत पाए। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत पाए।

त्यस्तै, गाउँपालिकाको उपाध्यक्षमा एमालेकै राधादेवी श्रेष्ठले पाँच हजार ७१९ मतसहित पुनः निर्वाचित भएकी छन्। उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले पाँच हजार ५८ मत पाए।

अध्यक्षमा एक हजार ४६ र उपाध्यक्षमा ६७० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ०८:०७ बजे, सोमबार, जेठ ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्