Kathmandu Press

कमल गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

दमक, जेठ ९: झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राई निर्वाचित भएका छन्।उनले १२ हजार ८६८ मत पाए। उनका प्रतिस्पर्धी...
कमल गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

दमक, जेठ ९: झापाको कमल गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राई निर्वाचित भएका छन्।

उनले १२ हजार ८६८ मत पाए। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार भीम राईले नौ हजार ६५३ मत पाए।

नव निर्वाचित अध्यक्ष हुकुमसिंह विसं २०७४ को स्थानीय तह निर्वाचनमा  निवर्तमान अध्यक्ष मेनुका काफ्लेसँग गोलाप्रथाबाट पराजित भएका थिए।

कमलस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार प्रमिला न्यौपाने तिवारीले १० हजार ८४५ मत प्राप्त गरी विजयी भएकी छन्। उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का पर्शुराम सुवेदीले आठ हजार ३७१ मत पाए।

सात वटा वडा रहेको कमलमा १ मा कांग्रेसका केदार कटुवाल, २ मा नेकपा (एकीकृत समाजवादी) का अशनेक लिम्बू, ३ मा एमालेका अग्नी कोइराला, ४ मा एमालेकै चन्द्रप्रसाद भट्टराई, ५ मा माओवादीका लालबहादुर विष्ट, ६ मा एमालेका नगेन्द्र भट्टराई र ७ मा एमालेकै पृथीपति राई वडाध्यक्षमा निर्वाचित भएका छन्।

 

प्रकाशित मिति: ०७:३९ बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्