Kathmandu Press

दशकपछि एसी मिलानले जित्यो सिरि ए उपाधि

काठमाडौं, जेठ ९ : एसी मिलानले एक दशकपछि इटालियन सिरि ए उपाधि जितेको छ।गएराति भएको लिगको अन्तिम खेलमा ससुओलोमाथि ३–० को जित निकाल्दै...
दशकपछि एसी मिलानले जित्यो सिरि ए उपाधि

काठमाडौं, जेठ ९ : एसी मिलानले एक दशकपछि इटालियन सिरि ए उपाधि जितेको छ।

गएराति भएको लिगको अन्तिम खेलमा ससुओलोमाथि ३–० को जित निकाल्दै एसी मिलान ११ वर्षपछि सिरि ए च्याम्पियन बनेको हो। यसअघि २०१०÷११ मा उपाधि जितेको एसी मिलानको यो १९औं लिग उपाधि हो। एसीभन्दा धेरै युभेन्टस (३६) र इन्टर मिलान (१९) मात्र छन्।

३८ खेलमा उसले २६ जित, ८ बराबरी र ४ हारसहित ८६ अंक जोड्यो। दोस्रो स्थानको इन्टरमाथि २ अंकको अग्रता बनायो।

मिलानको जितमा ओलिभर जिरुडले २ र फ्यांक केइसीले एक गोल गरे। जिरुडले १७ र ३२औं मिनेटमा गोल गरेका थिए। योसँगै जिरुट डेब्यू सिजन नै सिरि एमा दोहोरो अंकमा गोल गर्दै पाको खेलाडी बनेका छन्।

यसै सिजन चेल्सीबाट मिलान आएका ३५ वर्षीय जिरुडले सिरि एमा ११ गोल गरेका छन्। केइसीले ३६औं मिनेटमा गोल गरेपछि एसी मिलान विजयी हो।

अन्तिम खेलमा जित निकाले पनि इन्टर मिलान उपाधि रक्षा गर्न असफल भयो। अन्तिम खेलमा साम्पडोरिआमाथि ३–० कै जित निकालेको इन्टर मिलान एसी मिलानभन्दा २ अंकलेपछि रह्यो।

प्रकाशित मिति: ०६:५० बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्