Kathmandu Press

ट्र्याक्टरसँग स्कुटर ठोक्किँदा एकको मृत्यु

कैलाली, जेठ ८ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज  भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया...
ट्र्याक्टरसँग स्कुटर ठोक्किँदा एकको मृत्यु
Hardik ivf

कैलाली, जेठ ८ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज  भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कँडेलको मृत्यु भएको हो।
 
पूर्वतर्फ गइरहेको से१त ६८२७ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आइरहेको सुप प्र ०१–००८ प १७८३ नंको स्कुटर एकापसमा ठोक्किएका हुन्। दुर्घटनामा स्कुटर चालक कँडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 
दुर्घटनामा स्कुटरको पछाडि सवार लम्कीचुहा नगरपालिकाका जमुना सिंह घाइते भएका छन। घाइतेको धनगढीमा उपचार भइरहेको छ। प्रहरीले चालकलाई ट्र्याक्टरसहित नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १९:४७ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्