Kathmandu Press

पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न महिला आयोगकाे आग्रह

पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न महिला आयोगकाे आग्रह
Hardik ivf

काठमाडाैं, जेठ ८ : राष्ट्रिय महिला आयोगले आठ वर्षअघि भएको बलात्कारको घटनाका पीडितलाई न्याय र दोषीलाई कारवाही गर्न आग्रह गरेको छ। आयोगले आज प्रेस विज्ञप्ति जारी गरी एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरेको घटनालाई लिएर आयोगले उक्त आग्रह गरेको हो।
       
विज्ञप्तिमा भनिएको छ, 'सुरक्षा निकायले दोषीलाई कारवाहीको दायरामा समेत ल्याइसकेको छ, घटनाको अनुसन्धान तथा निष्पक्ष छानविन गरी पीडितलाई न्याय प्रदान गर्न तथा पीडकलाई कानूनबमोजिमको कारवाहीका लागि आयोग ध्यानाकर्षण गर्दछ।'   

आयोगले पीडित किशोरीको स्वास्थ्य र सुरक्षाको उचित प्रबन्धका लागिसमेत सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ। यौन अपराध, बलात्कार जस्तो जघन्य हिंसाप्रति आयोगको धारणा शून्य सहनशीलता रहेको छ भने यस घटनाका सम्बन्धमा सरकारको समेत ध्यानाकर्षण भएर नेपाल सरकारबाट छानविन समिति गठन भइसकेको छ।
      
आयोगले पीडित पक्ष, सरकार र सुरक्षा निकायसँग समन्वय र सहकार्य गरिरहेको र गठित समितिले सो सम्बन्धमा निष्पक्ष छानविन गर्ने कार्यका लागि सबै पक्षको आवश्यक सहयोगका लागि आयोगले आग्रह गरेको छ।

प्रकाशित मिति: १९:४५ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्