Kathmandu Press

'सरकारले अनुमति दिए पाठ्यपुस्तक छपाएर देशभरि बेलैमा पुर्‍याउँछाैं'

काठमाडौं, जेठ ८ : मुद्रण व्यवसायीहरुको छाता संगठन नेपाल मुद्रण उद्योग महासंघले सरकारले पाठ्यपुस्तक छपाइ तथा वितरणको अनुमति निजी क्षेत्रलाई दिए देशभरिका विद्यालयमा...
'सरकारले अनुमति दिए पाठ्यपुस्तक छपाएर देशभरि बेलैमा पुर्‍याउँछाैं'

काठमाडौं, जेठ ८ : मुद्रण व्यवसायीहरुको छाता संगठन नेपाल मुद्रण उद्योग महासंघले सरकारले पाठ्यपुस्तक छपाइ तथा वितरणको अनुमति निजी क्षेत्रलाई दिए देशभरिका विद्यालयमा बेलैमा पाठ्यपुस्तक पुर्‍याउने बताएको छ।

महासंघले आइतबार एक विज्ञप्ति जारी गरेर सरकारले पाठ्यपुस्तक छपाइ तथा वितरणको अनुमति दिए निजी क्षेत्रसँग सहकायृ गरेर १५ दिनमै कक्षा देशैभरि विद्यार्थीका हातमा १ देखि ८ सम्मका पाठ्यपुस्तक पुर्‍याउने महासंघले जनाएको छ।

Hardik ivf

सरकारले सरकारी संस्था जोगाउने बहानामा ९० लाख विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै महासंघले आपत्ति जनाएको छ। शैक्षिक सत्र सुरु भएको धेरै दिन बितिसक्दा पनि सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पाठ्यपुस्तक पुर्‍याउन नसकेको भन्दै चिन्ता पनि व्यक्त गरिएको छ।

महासंघका अध्यक्ष खोमकान्त रेग्मी र महासचिव कमलप्रसाद पोखरेलले वज्ञिप्तिमार्फत भनेका छन्, ‘जनक शिक्षाले अझैपनि आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको कारण शैक्षिक शत्र सुरु भइसक्दा पनि विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पुर्‍याउन नसकेकाले विद्यार्थीको पठनपाठनमा गम्भीर असर परेको छ।’

यसअघि सरकारी स्वामित्वको मुद्रण संस्था जनक शिक्षा सामग्री केन्द्रले सामुदायिक विद्यालयका पाठ्यपुस्तक समयमै छपाइ तथा वितरण गर्न नसकेपछि २०६४ सालबाट कक्षा १ देखि कक्षा ८ सम्मका सामुदायिकविद्यालयका पाठ्यपुस्तक छपाइ तथा वितरणको जिम्मेवारी निजी क्षेत्रलाई दिएको थियो।

समयमै पुस्तक नछापिएको देख्दादेख्दै पनि निजी क्षेत्रलाई खुम्च्याएर शैक्षिक शत्र २०७८ मा कक्षा १ देखि ४ सम्म र २०७९ को लागि १ देखि ३ सम्म मात्र छपाइ तथा वितरणाको अनुमति दिएकाले भयावह अवस्था आएको महासंघको भनाइ छ।

प्रकाशित मिति: १८:११ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्