Kathmandu Press

मुक्तिनाथ उडेको हेलिकप्टर बागलुङमा आकस्मिक अवतरण

काठमाडाैं, जेठ ६ : मुक्तिनाथ दर्शनका लागि पोखराबाट उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङमा आकस्मिक अवतरण गरेको छ। मुक्तिनाथ दर्शनका लागि...
मुक्तिनाथ उडेको हेलिकप्टर बागलुङमा आकस्मिक अवतरण

काठमाडाैं, जेठ ६ : मुक्तिनाथ दर्शनका लागि पोखराबाट उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङमा आकस्मिक अवतरण गरेको छ। 

मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरि क्याम्पसमा आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए। 

मौसममा आएको खराबीका कारण हेलिकप्टरले आकस्मिक अवतरण गरेको हो।

मौसममा सुधार आएपछि हेलिकप्टर गन्तव्यतर्फ लाग्नेछ भने मौसममा सुधार नआए हेलिकप्टर पोखरा फर्कनेछ। 

प्रकाशित मिति: १७:३४ बजे, आइतबार, जेठ ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्