Kathmandu Press

थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ ८ : नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ६ सय ९६ पिसिआर परिक्षणका क्रममा ६...
थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ ८ : नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ६ सय ९६ पिसिआर परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

५ सय ३० एन्टीजेन परिक्षणका क्रममा भने कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थय मन्त्रालयले जनाएको छ।

त्यस्तै आइतबार पनि कोरोनाका कारण कसैको मृत्यु भएको छैन। त्यस्तै थप १३ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ७५ जना निको भएका छन्।

हाल नेपालमा १ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:४३ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्