Kathmandu Press

बागलुङमा पलम र ऐंसेलु खाँदा पाँच बालबालिका बिरामी

बागलुङ, जेठ ८ : पलम (आल्चा) र ऐंसेलु खाँदा बागलुङको काठेखोला गाउँपालिका-५ बिहुँका पाँच बालबालिका बिरामी परेका छन्। शनिबार घर नजिकैको बारीमा पलम...
बागलुङमा पलम र ऐंसेलु खाँदा पाँच बालबालिका बिरामी

बागलुङ, जेठ ८ : पलम (आल्चा) र ऐंसेलु खाँदा बागलुङको काठेखोला गाउँपालिका-५ बिहुँका पाँच बालबालिका बिरामी परेका छन्। शनिबार घर नजिकैको बारीमा पलम र ऐंसेलु खाएका पाँच बालबालिका शनिबार राति बिरामी परेपछि धौलागिरि अस्पताल बागलुङमा उपचारका लागि भर्ना गरिएको छ।

ऐंसेलु र पलम खाएका बालबालिकामा झाडापखला, वान्ता लगायतका समस्या देखिएर गम्भीर बनेपछि चारैको अहिले धौलागिरि अस्पतालमा उपचार भइरहेको छ।

Hardik ivf

ऐंसेलु र पलम खाँदा बिरामी परेका १० वर्षका विपना सुनार, ११ वर्षका विनोद विक, तीन वर्षका सायना सुनार र १४ वर्षका मिलन सुनारको उपचार भइरहेको छ भने सपना सुनारको घरमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।  

उनीहरुले खाएको पलम र ऐंसेलुले विषाक्त बनाएका कारण बिरामी परेका र उनीहरुको अवस्थामा अहिले सामान्य सुधार भइरहेकोे धौलागिरि अस्पतालका बालरोग विशेषज्ञ डा कृति कँडेलले जानकारी दिए।

प्रकाशित मिति: १६:१२ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्