Kathmandu Press

सिरहामा बाबुछोराको हत्या

सिरहा, जेठ ८ : सिरहाको अर्नमा गाउँपालिकामा शनिबार राति बाबु र छोराको हत्या भएको छ।घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका-१ महनौर निवासी ६०...
सिरहामा बाबुछोराको हत्या

सिरहा, जेठ ८ : सिरहाको अर्नमा गाउँपालिकामा शनिबार राति बाबु र छोराको हत्या भएको छ।

घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका-१ महनौर निवासी ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उहाँका १९ वर्षीय छोरा सन्तकुमारको हत्या भएको हो। 

Hardik ivf

सन्त कुमारको यही जेठ ११ गते विवाहको कुरा छिनिएको र  गाउँमा विवाह गीत गाएर करिब १२ बजे सुतेपछि दुबैको हत्या भएको स्थानीयवासीले बताएका छन्। उनीहरुका अनुसार राति करिब १२ बजेसम्म गीत बजिरहेको थियो, बिहानपख करिब ३ बजे हत्याको घटना गाउँभरी फैलिसकेको हुनाले करिब २ बजेको आसपासमा सो घटना भएको हुन सक्छ। 

घटनाको जानकारी पाएलगतै बिहान ४ बजे पुगेको प्रहरीले घटनास्थलमा  अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए।

'घटना भएको छ, हामीले विभिन्न ढङ्गले अनुसन्धान गरिरहेका छौंँ,' उनले भने, 'हत्या कसले र किन गरेको भन्नेबारेमा केही खुल्न सकेको छैन्, हामीले अनुसन्धान गरिरहेका छौंँ।' प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि सहयोग लिएको जनाएको छ।

प्रकाशित मिति: १६:०९ बजे, आइतबार, जेठ ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्