Kathmandu Press

क्षीरेश्वरनाथको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित

धनुषा, जेठ ८ : क्षीरेश्वरनाथ नगरपालिकामा प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली कांग्रेसले जित हात पारेको छ । प्रमुखमा एमाले सुखदेव यादवले कांग्रेसका उम्मेदवार...
क्षीरेश्वरनाथको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित

धनुषा, जेठ ८ : क्षीरेश्वरनाथ नगरपालिकामा प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली कांग्रेसले जित हात पारेको छ । प्रमुखमा एमाले सुखदेव यादवले कांग्रेसका उम्मेदवार योगेन्द्र पजियारलाई ६१३ मतान्तरले पराजित गर्दै विजयी हासिल गरेका हुन्। 

यादव कुल सात हजार ९१३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिस्पर्धी पजियारले सात हजार ३०० मत मात्र प्राप्त गरेका छन् । उपप्रमुखमा कांग्रेसकी उम्मेदवार रचना श्रेष्ठ माथेमाले दोस्रो कार्यकाल लागि पुनः निर्वाचित भएकी छन्। उनले सात हजार ५५० मत पाउँदा उहाँको निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार सालिनी चौधरीले सात हजार ५११ मत प्राप्त गरेकी छन्। 

यस क्षीरेश्वरनाथका १० वडामध्ये आठ वडाध्यक्ष र उपप्रमुखसहित कांग्रेसका उम्मेदवारले जित्न सफल भए पनि दुई वडा र नगरप्रमुख पदमा एमाले जित निकाल्न सफल भएको छ।  

प्रकाशित मिति: १४:३२ बजे, आइतबार, जेठ ८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्